नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तले नाम लिएका शीर्ष नेताहरूलाई पनि कारबाहीको दायरमा ल्याउन माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई उन्मुक्ति दिने प्रयास नगर्न र अन्य दोषीहरूलाई पनि कारबाहीको दायरमा ल्याउन माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।
उक्त प्रकरणमा संलग्न मुख्य दोषीमाथि कारबाहीको माग गर्दै संसद् भवन अगाडि प्रदर्शन गर्ने १६ जना पक्राउ परेका छन्। मानवअधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मुख्य दोषीहरूलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको हो।
समाजले बिहीबार संघीय संसद् भवनको ३ नम्बर गेटमा रहेको पानी ट्यांकीनजिकै प्रदर्शन गरेको थियो। उनीहरूले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्नसमेत माग गरेका थिए। प्रदर्शनमा नागरिक अगुवा कृष्ण पहाडीलगात सहभागी थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालत विचाराधीन छ। उक्त प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइ अदालतमा मुद्दा दायर भएकोमा १८ जना पक्राउ परेका छन् भने अन्य फरार रहेका छन्।
अभियुक्तले उच्चपदस्थहरूको नामसमेत लिएकाले उनीहरूमाथि पनि छानबिन हुनुपर्ने माग भइरहेको छ।
तस्वीरहरू









Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
