प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ जारी

सिंहदरबारमा बिहान ८:३० बजे शुरू भएको सुनुवाइमा कार्कीले आफ्ना कार्ययोजना प्रस्तुत गरिरहेका छन्। यसपछि समितिका सदस्यले उनीमाथि प्रश्न सोध्नेछन्। 

काठमाडौँ– संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ जारी छ।

सिंहदरबारमा बिहान ८:३० बजे शुरू भएको सुनुवाइमा कार्कीले आफ्ना कार्ययोजना प्रस्तुत गरिरहेका छन्। यसपछि समितिका सदस्यले उनीमाथि प्रश्न सोध्नेछन्। 

बुधबार उजुरीकर्तासँगको छलफलपछि समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको हो। कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन्।

वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। 

संसदीय सुनुवाइ  समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।