एलपीएल इतिहासमा पहिलोपटक भइरहेको अक्सनमा सन्दीपले स्थान बनाए पनि उनलाई कुनै पनि टोलीले अनुबन्ध गरेनन्। उनी अघिल्लो संस्करणको एलपीएलमा डम्बुला जायन्ट्ससँग अनुबन्ध भएका थिए।
काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने चौँथो संस्करणको लंका प्रिमियर लिग (एलपीएल)को अक्सनमा 'अनसोल्ड' भएका छन्।
एलपीएल इतिहासमा पहिलोपटक भइरहेको अक्सनमा सन्दीपले स्थान बनाएका थिए। तर, ३० हजार डलर न्यूनतम मूल्य भएका उनलाई बुधबारको अक्सनमा कुनै टोलीले चासो देखाएनन्।
सन्दीप अघिल्लो संस्करणको एलपीएलमा डम्बुला जायन्ट्समा अनुबन्ध भएका थिए। तर, व्यक्तिगत कारणले उनले प्रतियोगिता खेल्न पाएनन्।
श्रीलंका क्रिकेट बोर्डले जारी गरेको अक्सनको अन्तिम लिस्टमा नेपालबाट सन्दीप मात्र अटाएका थिए। सन्दीप विदेशी कोटाबाट अक्सन सूचीमा थिए। यस संस्करणको एपीएल ३१ जुलाईबाट शुरू हुँदैछ।
अहिले सन्दीप विश्वकप क्रिकेट छनोट प्रतियोगिता खेल्न नेपालको राष्ट्रिय टोलीसँग दक्षिण अफ्रिका भ्रमणमा छन्। उनले अन्तिमपटक सन् २०२२ को क्यारेबियन प्रिमियर लिग खेलेका थिए। तर, बलत्कारको आरोप लागेपछि बीचैमा प्रतियोगिता छाडेर नेपाल फर्किएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
