बेलिङघम सन् २०२० मा बर्मिङ्घम सिटीबाट डर्टमन्ड पुगेका थिए। १७ वर्षको उमेरमै देखाएको परिपक्कताबाट प्रभावित भएर डर्टमन्डले उनलाई अनुबन्ध गरेको थियो।
इंग्लिस युवा मिडफिल्डर जुड बेलिङघम स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध भएका छन्। रियलले बुधबार १९ वर्षीय बेलिङघमलाई जर्मन बुन्डेस लिगाको क्लब बोरुसिया डर्टमन्डबाट अनुबन्ध गरेको आधिकारिक रूपमा जानकारी दिएको हो।
उनी सन् २०२० मा बर्मिङ्घम सिटीबाट डर्टमन्ड पुगेका थिए। उनले बर्मिङ्घमका लागि एक सिजन मात्र खेलेका थिए। ४१ खेलमा ४ गोल गरेका उनले इंग्ल्यान्डको दोस्रो डिभिजन च्याम्पियनसिपबाट क्लबलाई रेलिगेसन हुन नदिन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
१७ वर्षको उमेरमै देखाएको परिपक्कताबाट प्रभावित भएर डर्टमन्डले उनलाई अनुबन्ध गरेको थियो। बेलिङघमले बुन्डेसलिगाका ९२ खेलमा १२ गोल गरेका छन्।
उनले यो सिजन १४ गोल गरेका थिए। जसमा गत सेप्टेम्बरमा च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्ध गरेको १ गोल पनि समावेश छ। उनी कतार विश्वकप २०२२ बाट सबैको नजरमा परेका हुन्।
उनलाई अनुबन्ध गर्न लिभरपुल, म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मन (पीएसजी) र चेल्सी लागिपरेका थिए। तर, रियलले बाजी मारेको हो। रियलले उनीसँग ६ वर्षको लागि १०३ मिलियन युरोमा सम्झौता गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
