हिउँदयाममा खेतीबाली लगाउन समस्या परेपछि 'लिफ्टिङ' प्रविधि अपनाइएको हो। अब समयमा नै धानको ब्याड राख्न पाइने र मकै सुकेर क्षति ब्यहोर्नुपर्ने समस्या हट्ने स्थानीयको अपेक्षा छ।
म्याग्दी– मंगला गाउँपालिका–५ पोकगाउँमा ‘लिफ्टिङ’ सिँचाइ आयोजना निर्माण भएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा सिँचाइ गर्न थालिएको हो।
३० हर्षपावर क्षमताको पम्प प्रयोग गरेर पानी ६५ मिटरमाथि तानिएको गाउँपालिकाका प्राविधिक नगेन्द्र सापकोटाले बताए। “म्याग्दी नदीको किनारबाट ९० मिलीलिटरको पाइपबाट पानी तानेर पोकफाँटको सिरानमा पुर्याइएको छ,” उनले भने, “नहरबाट कृषकको खेतबारीमा पानी लगेर सिँचाइ गर्न सकिन्छ।” पोकगाउँ (फाँट) म्याग्दीको मकै, गहुँ र धानबालीको भण्डार मानिन्छ।
लिफ्ट सिँचाइ आयोजनाबाट ६५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष मनप्रसाद बुढाथोकीले बताए। ५२ घरधुरी कृषक लाभान्वित भएका छन्। हिउँदयाममा सिँचाइ अभावमा कृषकलाई खेतीबाली लगाउन समस्या परेपछि लिफ्ट प्रविधि अपनाइएको हो।
बर्खायाममा मूल फुट्ने र खोल्सामा पानी आउने हुँदा सिँचाइको समस्या हुँदैन। खडेरी र हिउँदयाममा सिँचाइ अभावमा बाली सुक्ने समस्या छ। पानीको अभावमा धानको ब्याड राख्न नपाएका र खेतको मकै सुकेर क्षति बेहोर्नुपर्ने समस्या हट्ने पोकका कृषकको अपेक्षा छ। सिँचाइ भएपछि जमिन बाँझो राख्नुपर्ने समस्या हटेर बाह्रै महिना मौसम अनुकूलको खेती लगाउन सकिने बुढाथोकीले बताए।
लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। पम्प, पाइप खरिद र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी नयाँ ट्रान्सफर्मर राखेर विद्युत्को व्यवस्था मिलाइएको छ। म्याग्दी नदी किनारमा आवश्यक परेको समयमा पाइप राखेर पानी तान्न मिल्ने संरचना बनाइएको थियो।
आगामी वर्ष म्याग्दी नदीबाट तानेको पानी संकलन गर्ने पोखरी बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
