स्पेनिस मिडफिल्डर ब्राहिम डियाज रियल मड्रिड फर्किएका छन्। सन् २०२० मा मिलान पुगेका उनी तीन सिजनपछि रियलमा फर्किएका हुन्।
स्पेनिस युवा मिडफिल्डर ब्राहिम डियाज रियल मड्रिड फर्किएका छन्। १९ वर्षको उमेरमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीबाट उनी सन् २०१९ मा १५ मिलियन पाउन्डमा साढे ६ वर्षको सम्झौता गर्दै रियल पुगेका थिए। तर, स्टार खेलाडीहरूले भरिएको रियलले उनलाई एक सिजनपछि नै लोनमा इटालियन क्लब एसी मिलानमा पठाएको थियो।
सन् २०२० मा मिलान पुगेका उनी तीन सिजनपछि रियलमा फर्किएका हुन्। तीन सिजनमा ९१ खेल खेलका उनले मिलानका लागि १३ गोल गरेका छन्। रियलसँग उनले २०२५ सम्मको सम्झौता गरेका थिए।
रिलय फर्किएसँगै उनले थप दुई वर्ष सम्झौता लम्बाएका छन्। उनी सम्मिलित मिलानले सन् २०२२ मा सिरी ‘ए’ जितेको थियो। यो सिजन मिलान च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुग्न सफल भयो। तर, फाइनल प्रवेशका लागि भएको डर्बी भिडन्तमा मिलान इन्टर मिलानसँग समग्रमा ३–० गोलले स्तब्ध भयो।
मालागाको एकेडेमीमा हुर्किएका डियाज सन् २०१५ मा सिटीको एकेडेमीमा पुगेका हुन्। त्यसको एक वर्षपछि उनले ईएफएल कपमा स्वान्सी सिटीविरुद्धको खेलमा सिटीको सिनियर टोलीबाट डेब्यू गरे। ८०औँ मिनेटमा उनी केलेची इहेनाचोको स्थान मैदान प्रवेश गरेका थिए।
तीन सिजन सिटीमा बिताएका उनले इंग्लिस प्रिमियर लिग र एफए कम्युनिटी शिल्ड जिते। उनले सिटीका लागि ५ खेल मात्रै मौका पाए। त्यसपछि उनी रियल पुगेका हुन्। रियलबाट उनले १५ खेलमा मौका पाउँदा १ गोल गर्न सफल भए। मिलान जानुअघि डियाजले रियलबाट ला लिगा र स्पेनिस सुपर कपसम्म जितेका थिए।
उनले यू-१७, १९ र २१ बाट स्पेनबाट प्रतिनिधित्व गरेका छन् भने एक खेलमा सिनियर टोलीबाट पनि मौका पाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
