शनिबार पशुपतिनाथको दर्शन गर्न गएका प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिंग महाकालेश्वरबाट ल्याएको जलसमेत चढाएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।
सो क्रममा उनले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिंग महाकालेश्वरबाट ल्याएको जलसमेत चढाएका छन्। पशुपतिमा प्रधानमन्त्री दाहाललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले स्वागत गरेका थिए।
पशुपतिनाथ मन्दिर दर्शनका लागि प्रधानमन्त्री दाहालसँगै भारत भ्रमणको समूहमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत पनि पुगेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
