पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको सभापति देउवाको भनाइ छ।
काठमाडौँ– कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन्।
शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले प्रजातन्त्र संकटमा आउन नदिन पनि कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकीर गरे। पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो।
“यो पार्टी जति बलियो हुन्छ। त्यति नै मात्रामा प्रजातन्त्र सुदृढ भएर जान्छ। प्रजातन्त्र स्थायी भएर जान्छ,” देउवाले भने, “त्यसका निम्ति हामी सबै मिल्नुको विकल्प छैन।” देउवाले देशभर संगठन निर्माण अभियान सञ्चालन गर्न पनि पार्टी पंक्तिलाई आह्वान गरे।
“हरेक जिल्लामा पार्टीको संगठनलाई गाउँ गाउँमा, घर घरमा, वडा वडामा पुर्याएर मजबुत बनाउने काममा सबैलाई सफलता मिलोस् भन्ने कामना गर्दछु,” उनले भने, “हाम्रो पार्टी ऐतिहासिक छ। २००७ सालदेखि लड्दै आएको पार्टी हो। ग्रासरुट, गाउँ, वडा र टोलसम्म पुर्याएर मात्रै यो पार्टी बलियो हुन्छ। त्यसपछि मात्रै नेपालमा फेरि प्रजातन्त्रमा संकट आउँदैन।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
