गर्मीले मानिसको जीवनशैलीमा कस्तो असर पारिरहेको छ, हेरौँ काठमाडौँका विभिन्न स्थानमा देखिएका दृश्य।
काठमाडौँ– अघिल्ला वर्षको तुलनामा यस वर्ष उच्च दरमा तापक्रम वृद्धि भएको छ। यसको असर तराईका जिल्लामा अझ बढी देखिएको छ। तराईमा तातो हावा अर्थात् लु चल्ने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ। प्रिमनसुनको समयमा पानी पर्नुको साटो तापक्रममा झनझन वृद्धि हुनुको कारण जलवायु परिवर्तनलाई ठान्छन् मौसमविद्। तर, पछिल्ला ३–४ वर्षको मौसमको गतिविधिमा पनि धेरै फेरबदल आएकोले पनि अहिलेको प्रिमनसुन समयमा औसतभन्दा कम पानी पर्ने र पछिल्ला वर्षको गर्मी औसतभन्दा बढी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै, नेपालका अधिकांश जिल्लामा पहिलाको वर्षभन्दा बढी तापक्रम मापन गरिएको छ। अझै केही दिन तापक्रम अझै बढ्ने बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँमा पनि अहिलेसम्म कै ३२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। अहिले काठमाडौँमा गर्मीले दिउँसोको समयमा खपी नसक्नु भएको छ। नेपालमा सामान्यता जुन १३ तारिखमा पूर्वी नेपाल भएर मनसुन भित्रिने सरदर मिति रहे पनि यो पटक मनसुन करिब दुई साता ढिला गरी अर्थात् असारको पहिलो साता मात्रै नेपालमा प्रवेश हुने अनुमान गरिएको छ। पछिल्लो दिनयता आकाश खुला भई चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस भएको छ। गर्मी बढेकोले मान्छेहरूको आवतजावत पनि पातलिएको छ।
गर्मी छल्नका लागि मानिसहरू विभिन्न उपाय पनि अपनाइरहेका छन्। छाता नभई हिँड्न सक्ने अवस्था पनि छैन। अहिले काठमाडौँका विभिन्न स्थानमा स्थानीय क्लबहरूले पिउने पानीको व्यवस्थापन पनि गरेको देखिन्छ। छाहरी र शीतल खोजेर बस्ने धेरै देखिन्छ। काठमाडौँमा हिजोआज चिसो र लस्सी लगायतका पेय पदार्थको व्यापार पनि ह्वात्तै बढेको छ। इन्द्रचोकमा लस्सी खानेहरूको भीडभाड हुने गरेको छ। गर्मी छल्न मान्छेहरू चिसो पेय पदार्थ खाने गरेको देखिन्छ। गर्मीले मानिसको जीवनशैलीमा कस्तो असर पारिरहेको छ, काठमाडौँका विभिन्न स्थानमा देखिएका दृश्य हेरौँ।














Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
