राज्यका गोप्य कागजपत्रलाई लिएर अपराधको आरोप खेप्ने ट्रम्प पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन्।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्ताबेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ। न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढंगले गोप्य कागजपत्रको व्यवस्थापन नगरेको अभियोग लागेको हो।
राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि उनीमाथि आपराधिक अनुसन्धानका क्रममा उक्त आरोप लागेको हो। यसबाट आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न रोक लाग्न सक्ने जोखिम बढेको छ। राज्यका गोप्य कागजपत्रलाई लिएर अपराधको आरोप खेप्ने उनी पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन्।
“भ्रष्ट बाइडेन प्रशासनले मलाई लगाइएको अभियोगका बारेमा मेरा वकिलहरूलाई सूचित गरेको छ,” पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्। आगामी मंगलबार आफूलाई मियामीको संघीय अदालतमा उपस्थित हुन आदेश दिइएको पनि उनले उल्लेख गरेका छन्। आफ्नो ७७ औँ जन्मदिनको अघिल्लो दिन उनी अदालतमा हाजिर हुनुपर्नेछ।
पूर्वराष्ट्रपति ट्रम्पमाथि लगाइएको अभियोग र उनको भनाइका बारेमा कानून मन्त्रालयले कुनै विवरण सार्वजनिक गरेको छैन। यद्यपि, उनका कानून व्यवसायीहरूले देशका पूर्वप्रमुखमाथि सरकारी गोप्य दस्ताबेज घरमा राखेकोलगायत सात वटा अभियोग लगाइएको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
