विदेशी मुद्रा सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा वैशाखमा १७.६ प्रतिशतले बढेर ११ अर्ब २१ अर्ब २१ करोड कायम भएको छ।
काठमाडौँ– चालु आर्थिक वर्षको १० महिनाको (साउन–वैशाखसम्म) अवधिमा चालु खाता घाटामा सुधार आएको छ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनअनुसार वैशाख मसान्तसम्म यस्तो घाटा ५४ अर्ब ६७ पुगेको छ। गत आर्थिक वर्षको यही अवधिमा ५ खर्ब ४५ अर्ब ६ करोड चालु खाता घाटामा थियो।
कुल विदेशी विनिमय सञ्चिति वैशाखसम्म १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको छ। यो गत असारको तुलनामा २०.९ प्रतिशतले बढी हो। २०७९ असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोड विदेशी विनिमय सञ्चिति थियो।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा वैशाखमा १७.६ प्रतिशतले बढेर ११ अर्ब २१ अर्ब २१ करोड कायम भएको छ। यस्तो, सञ्चितिले ९.७ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने केन्द्रीय बैंकले जनाएको छ।
साउनदेखि वैशाखसम्म वैदेशिक रोजगारीमा गएका नेपालीले १० अर्ब ५ अर्ब १८ करोड रेमिट्यान्स पठाएका छन्। यो गत वर्षको तुलनामा २३.४ प्रतिशतले बढी हो। यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई ४ लाख २१ हजार २ सय ७९ पुगेको छ।
त्यस्तै, मुलुकको शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा थियो। यस्तै, अमेरिकी डलरमा १० महिनाको अवधिमा १ अर्ब ६३ करोडले बचतमा देखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
