प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत सामेल गरिएको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको दाबी गरेका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत सामेल गरिएको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताएका छन्।
बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले सो विषयमा आफूले भारतीय पक्षसँग गम्भीरतापूर्वक कुरा उठाएको स्पष्टीकरण दिएका हुन्।
मिडियामा आएको विषयमा आफूले भारतीय पक्षसँग कुरा राखेको र यो कुनै राजनीतिक नक्सा नभएकाले राजनीतिक रूपमा नहेर्न जवाफ आएको उनको भनाइ छ। सो विषयमा अझ बढी अध्ययन र भारतीय पक्षसँग छलफल गर्ने आश्वासनसमेत दिए।
“पहिलो कुरा संसद्को नक्साबारे कुरा भयो। मैले गम्भीर रूपमा नै उठाएँ,” उनले भने, “नयाँ संसद् भवनमा राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरूले यो कुनै राजनीतिक नक्सा होइन। यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो। यसलाई राजनीतिक रूपले हेर्न हुँदैन भन्ने उहाँहरूको जवाफ थियो।”
यसबारे अझै अध्ययन गर्ने, छलफल गर्ने कुरा बाँकी नै रहेकाले केही पनि भएन भन्ने कुरा साँचो नभएको प्रधानमन्त्रीको दाबी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
