रियलकै पूर्व फरवार्ड क्रिस्ट्रियानो रोनाल्डो अल नासारमा आवद्द छन्। बेन्जेमा पनि साउदी लिगमा थपिएपछि अन्य ठूला खेलाडी पनि लोभिने अनुमान गरिएको छ।
काठमाडौँ– फ्रान्सेली फरवार्ड करिम बेन्जेमा साउदी अरबको अल इतिहाद फुटबल क्लबमा अनुबन्ध भएका छन्।
स्पेनिस क्लब रियल मड्रिडका पूर्व फरवार्ड बेन्जेमासँग अल इतिहादले तीन वर्षको सम्झौता गरेको हो। खाडी राज्यले खेलकुदमार्फत् राजस्व बढाउने योजना लिएको छ। यसका लागि अन्य देशका ठूला खेलाडीलाई आकर्षित गर्ने योजना बनाएको छ।
रियलकै पूर्व फरवार्ड क्रिस्ट्रियानो रोनाल्डो अल नासारमा आवद्द छन्। बेन्जेमा पनि साउदी लिगमा थपिएपछि अन्य ठूला खेलाडी पनि लोभिने अनुमान गरिएको छ।
बेन्जेमाले सम्झौता गरे पनि उनको तलब कति हो? खुलाइएको छैन। तर, क्लबका अनुसार बेन्जेमाले मेडिकल जाँच गराएका थिए। सम्झौतामा हस्ताक्षर भए पनि बेन्जेमाले फरक देशमा नयाँ फुटबल लिगको अनुभव गर्न पाउँदा उत्साहित रहेको बताएका छन्।
"आफ्नो करिअरमा स्पेन तथा युरोपबाट मैले अद्भुत चीजहरू हासिल गरेको छु। अब नयाँ चुनौती र परियोजनाको लागि सही समय भएको महसुस गर्छु," बालोन डी'ओर होल्डरले बेन्जेमाले भने।
३५ वर्षीय बेन्जेमाले रियलका लागि अन्तिम खेल दुई दिनअघि मात्रै खेलेका थिए। त्यसपछि उनी स्पेनिस लिगबाट साउदी प्रो लिगमा पुगेका हुन्। "अल इतिहादको अचम्मको इतिहास छ, अविश्वसनीय भावुक प्रशंसक र लिग जितेर एशियामा शक्तिशाली बन्ने ठूलो महत्वाकांक्षा छ," उनले भने।
उनी ९ नम्बरको जर्सी लगाएर मैदान उत्रिने छन् र अर्को सिजन साउदी लिगमा डेब्यु गर्ने छन्। अल इतिहादका अध्यक्ष अनमार बिन अब्दुल्लाह अलहाइले सबैको नजर बेन्जेमा हुने बताए। "रियल मड्रिडका बालोन डी'ओर होल्डरसँग हस्ताक्षर गर्नु यो क्लबको लागि एक ऐतिहासिक कोसेढुंगा हो। उहाँले ९ नम्बरको जर्सी रोज्नुभएको छ। अर्को सिजनबाट डेब्यू हुन्छ," उनले भने।
बेन्जेमा सन् २००९ मा लिग १ क्लब लियोनबाट रियल पुगेका थिए। रियलमा १४ वर्ष बिताएका उनले पाँच च्याम्पियन्स लिग, चार ला लिगा उपाधि र तीन कोपा डेल रे जिते।
उनले ६४८ खेल खेलेका छन्। ३५४ गोलका साथ रियलको सर्वकालीन गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन्। रोनाल्डोले मात्र उनीभन्दा बढी गोल गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
