गाडीको ठक्करबाट काभ्रेमा पैदलयात्रुको मृत्यु

काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको गाडीले सडक छेउमा हिँडिरहेका ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको थियो। 

बनेपा– काभ्रेपलान्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ।

काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गएराति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका उनले शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी रेशम बोहराले जानकारी दिए।

गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।