राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्न आग्रह गरिन्।
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा जलवायु अनुकूलन हुने गरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न आग्रह गरेकी छन्।
शुक्रबार मुस्ताङको मुक्तिनाथमा विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै उनले आगामी दिनमा निर्माण हुने संरचना र अन्य कार्य वातावरणमैत्री बनाउन आग्रह गरिन्। मुस्ताङवासीको दैनिक जनजीवन पनि जलवायु अनुकूलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
"मुस्ताङवासी समाजसेवी, उद्योगी र प्रशासकलाई एउटा आग्रह छ– यो जिल्लालाई जलवायु अनुकूलन हुने गरी यहाँको पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न आवश्यक छ", उनले भनिन्।
राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्न आग्रह गरिन्। उनले जलवायु अनुकूलन र वातावरणमैत्री व्यवहारका लागि अर्थ प्रणालीमा पनि सुधार गरेर जानुपर्ने आवश्यकता औँल्याइन्।
राष्ट्रपति भण्डारीले ऐतिहासिक सम्पदाको संरक्षणका साथै आवश्यक पूर्वाधार विकासमा संघ, प्रदेश र स्थानीय तहको समन्वयकारी भूमिका आवश्यक रहेको बताइन्। मुस्ताङको कोरला नाकाले चीनसँग व्यापार बिस्तारको नयाँ सम्भावना खोल्ने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
