गत सुनकोशी नदीमा खसेर बेपत्ता भएको जिप सीटीईभीटीका दुई कर्मचारीको शव भेटिएको प्रहरीले जनाएको छ।
काठमाडौँ– गत शुक्रबार सुनकोशी नदीमा खसेर बेपत्ता भएको प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् (सीटीईभीटी)को जिप मंगलबार साँझ भेटिएको छ। घटनास्थलबाट करिब २ सय मिटर तल कोशीको किनारमा जिप भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालका अनुसार जिपसँगै जिपमा सवार दुई जनाको शव भेटिएको छ। उनीहरूको पहिचान खुलेको छैन।
सशस्त्र प्रहरी बलको टोलीले शव र जिप भेटाएको हो। बेपत्ता सीटीईभीटी कर्मचारी र जिपको खोज्न सशस्त्र प्रहरीसहित सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानको टोलीसमेत खटिएको थियो।
भक्तपुर सानोठिमीस्थित सीटीईभीटीबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको जिप सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो। चार दिनसम्म खोज्दा पनि जिप र सीटीईभीटीका कर्मचारी नभेटिएपछि कोशीको बहाव फर्काइएको थियो। नदीको पानी सुकाएपछि जिप भेटिएको हो।
जिपमा चार जना सवार रहेकोमा दुर्घटनालगत्तै चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्किएका थिए, भने तीन जना बेपत्ता भएका थिए। जसमध्ये दुई जनाको शव भेटिएको हो। अर्का एक जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
