मृत अवस्थामा भेटिएका राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
काठमाडौँ– पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्।
कोषका कर्मचारीले मंगलबार कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुन्डिएको अवस्थामा फेला परेका थिए। कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ। कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुन्डिएको अवस्थामा भेटिएकाले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।
सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा राना झुन्डिएको अवस्थामा भेटिएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
