अभिलेखमा रहेको धर्मचक्र र अक्षर लिच्छविकालीन अभिलेखसँग मिल्ने लिपिविज्ञ श्यामसुन्दर राजवंशी बताउँछन्। तर, केही अक्षर थप अध्ययन नभएसम्म पुष्टि हुन नसक्ने उनको भनाइ छ।
काठमाडौँ– ललितपुर महानगरपालिका वडा–२२ बुंगमतिस्थित खोइँचा बस्तीमा पुरातात्विक महत्वको शिलाअभिलेख भेटिएको छ।
बुंगमतिबाट करिब एक किलोमिटर दक्षिणपश्चिमतर्फ ४२ घरधुरी रहेको उक्त बस्ती बोसी समुदायको हो। बोसी रातो मत्स्यन्द्रनाथको रथ निर्माण लागि रूख तथा काठ चिरान गर्ने समुदाय हुन्। स्थानीय अनिल तुलाधरले बस्तीभित्र महाँकाल मन्दिरको पर्खालमा शिलाअिभलेख भेट्टाएका हुन्।
पेशाले ‘आर्किटेक्ट’ रहेका उनी साँस्कृतिक अध्येतासमेत हुन्। “घरदैलो कार्यक्रमका लागि गत वर्ष यस बस्तीमा आएको थिएँ। सोही क्रममा यस अभिलेखमा ध्यान गएको थियो,” तुलाधर भन्छन्, “गत हप्ता फेरि आएर खोज गर्दा अभिलेख लिच्छविकालीन हुनसक्ने मलाई मलाई लाग्यो।” लिच्छविकालीन अभिलेखमा हुने धर्मचक्र अभिलेखमा प्रस्ट भएको र लिच्छविकालीन लिपिका अक्षरसमेत रहेका आधारमा उक्त समयको अभिलेख हुन सक्ने तुलाधरको अनुमान छ। साथै, लिच्छविकालीन अभिलेखको ढुंगाको प्रकार र आकारसँग पनि मिल्ने तुलाधरको तर्क छ।

अभिलेख खण्डमा रहेका कारण अभिलेखको भाग पनि हुनसक्ने उनी बताउँछन्। यद्दपि, अभिलेख खास पहिचान गर्न सकिने अवस्थामा छैन। मुख्य भागका अक्षर छैनन्। भेटिएको अभिलेखको मध्य भागसम्म नै पत्रपत्र निस्किएर खुइलिएको छ। तल्लो कुनामा पढ्न सकिने खालका सात लाइनका केही अक्षर रहेको छ। अन्तिम अक्षरले लिच्छविकालीन लिपिअन्तर्गतको ‘२’ अंक जनाउने तुलाधरको दाबी छ। शिलाअभिलेख शतप्रतिशत लिच्छविकालीन प्रमाणित भएमा बुंगमतिमा लिच्छविकालीन चार वटा शिलाअभिलेख हुने उनले बताए।
लिपि विज्ञ श्यामसुन्दर राजवंशी पनि तुलाधरको तर्कसँग सहमत छन्। अभिलेखको प्रकृति र आकृतिका आधारमा अभिलेख लिच्छविकालीन भएको उनको भनाइ छ। उक्त शिलाअभिलेखको शुरूमा रहेको धर्मचक्र लिच्छविकालीन अभिलेखमा हुने गरेको राजवंशीले बताए। यधपि केही अक्षर थप अध्ययन नभएसम्म थप भन्न नसकिने उनको भनाइ छ।
मन्दिरको पर्खालमा प्रयोग गरिएको अभिलेखलाई स्थानीयले सरस्वतीका रूपमा पूजा गर्ने गरेका छन्। उक्त अभिलेख ४० वर्षअघि नजिकैको झाडीमा फालिएको अवस्थामा भेटिएको स्थानीय मंगलकृष्ण श्रेष्ठ बताउँछन्।
“हामीलाई अभिलेख नै भन्ने त ज्ञान भएन तर, केही पक्कै होला भन्ने लागेको थियो,” उनी भन्छन्, “०७२ सालको भुकम्पसम्म पनि अभिलेखका अक्षर पढ्न सकिने अवस्था थियो। अहिले जस्तो थिएन। हामीलाई यो यति महत्त्वपूर्ण भन्ने थाहा नै भएन।”
दसैँको नवमीका दिन रातो मत्स्येन्द्रनाथको चन्द्रहाँस खड्ग बुंगमतिबाट पानेजुद्वार खाइँचामा लगेर एक रात राख्ने चलन छ।
दशमीका दिन महाँकाल परिसरमा पूजा, बली दिई उक्त खड्ग बुङमति लगेपछि मात्र मनकामना जात्रा शुरू हुने भएकाले खोइँचा बुङमतिको महत्त्वपूर्ण बस्तीका रूपमा रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
