आफूले बोल्नुअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमाको बारेमा बोलेको र दुवै देशका प्रधानमन्त्रीले एकैपटक सीमाबारे बोलेको पहिलोपटक भएको दाहालले बताए।
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतसँग सीमा समस्या हल गर्नुपर्छ भनेर नेपालले प्रष्टसँग राखेको र भारतले पनि त्यसमा औपचारिक रूपमा बोलेको पहिलोपटक भएको बताएका छन्।
आफूले नेपाली भूमिको विकल्पमा केही नबताएको दाहालले बताए। कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो भन्नेमा आफू प्रष्ट भएको पनि उनले बताए। "हामीले प्रष्ट रूपमा देखेका कुरामा कतै घुमाउने कुरा नगरौँ," उनले प्रतिपक्षी सांसदहरूलाई लक्षित गर्दै भने।
जेठ १८ गते दुईपक्षीय भेटघाटपछि आफूले बोल्नुअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमाको बारेमा बोलेको पनि दाहालले बताए। दुवै देशका प्रधानमन्त्रीले एकैपटक सीमाबारे बोलेको पहिलोपटक भएको पनि उनले बताए।
"मैले बोल्नुअघि भारतीय प्रधानमन्त्रीले सीमा समस्या हल गर्ने र सम्बन्ध हिमालयको उचाइमा पुग्ने बताएको पहिलोपटक हो," उनले भने, "यो विषयमा खुशी हुने कि दुखी हुने?"
यसअघि, आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी एमालेलगायत विपक्षी दलले सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै सदन अवरुद्ध गरेका थिए। उनले कालापानी, लिपुलेक र लिम्पियाधुरामा बंगलादेशसँगको करिडोर साट्न सकिने अभिव्यक्ति दिएको विपक्षी दलको आरोप थियो।
प्रधानमन्त्रीले बंगलादेश मोडेल आफूले उठाएको नभई विज्ञहरूको कुरा मात्र राखेको बताए। आफूलाई प्रशंसा हुन्छ भन्ने आशा भए पनि अतिरन्जित ढंगले लिइएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
