गभर्नर महाप्रसाद अधिकारीले ‘क्रसबोर्डर डिजिटल पेमेन्ट’ सम्झौताले नेपाल र भारतबीच हुने भुक्तानीलाई सहज बनाउने बताएका छन्।
काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘क्रसबोर्डर डिजिटल पेमेन्ट’ सम्झौताले नेपाल र भारतबीच हुने भुक्तानीलाई सहज बनाउने बताएका छन्।
आइतबार आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा गभर्नर अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको क्रममा भएको क्रसबोर्डर डिजिटल पेमेन्टसम्बन्धी नेपाल क्लियरिङ हाउस लिमिटेड (एसीएचएल) र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)बीच भएको सम्झौताले नेपाल–भारतबीचको कारोबारमा सहजता ल्याउने बताएका हुन्।
“भारतबाट नेपाल आउने पर्यटकलाई पेमेन्ट गर्न, नेपालबाट भारत जाने विद्यार्थी, उपचार गर्न जाने बिरामी, पर्यटनका लागि जाने र तीर्थयात्री सबैलाई एक खालको नोट साट्नका लागि दौडधुप थियो। क्रसबोर्डर डिजिटल कारोबार हुने भएपछि सहज हुनेछ,” उनले भने।
गभर्नर अधिकारीले राष्ट्र बैंकले दुई देशबीच हुने डिजिटल भुक्तानीलाई व्यवस्थित बनाउने विषयमा गृहकार्य गरिरहेको बताए। नेपालमा डिजिटल पेमेन्टको पूर्वाधार निर्माण गर्ने एसीएचएललाई राष्ट्र बैंकले आवश्यक सहयोग गर्ने उनको भनाइ छ। उनले राष्ट्र बैंकबाट दिनुपर्ने सहमति स्वीकृतिका लागि सहजीकरण गर्न छुटै ‘ट्रान्सफोर्स‘ले काम गरिरहेको पनि उल्लेख गरे।
प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा गत बिहीबार क्रसबोर्डर डिजिटल पेमेन्टसम्बन्धी सम्झौता भएसँगै दुवै देशबीच हुने डिजिटल भुक्तानीले मान्यता पाउने भएको छ। सम्झौतामा नेपालको तर्फबाट एसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश प्रधान र भारतको तर्फबाट एनपीसीआईका तर्फबाट रितेस शुक्लाले हस्ताक्षर गरेका थिए। एनपीसीआई भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाद्वारा स्थापित संस्था हो भने एसीएचएल पनि राष्ट्र बैंकको पहलमा स्थापना भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
