प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँस गरेर आइतबार १ घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले सोमबार बिहान ११ बजेका लागि निर्धारण गरिएको जनाएका छन्।
काठमाडौँ– प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि सारिएको छ। प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक सोमबार ११ बजेसम्मका लागि सारिएका हुन्। सचिव पाण्डेयले प्रतिनिधिसभाको बैठक बस्ने दिन र समय परिवर्तन भएकोसम्बन्धी सूचनामा आइतबार १ घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले सोमबार बिहान ११ बजेका लागि निर्धारण गरिएको उल्लेख गरेका छन्।
आइतबार ११ बजेपछि बसेको बैठकमा विपक्षी दलहरूले विरोध जनाउँदै अवरुद्ध पारेका थिए। नागरिकता विधेयक प्रमाणीकरण, पूवसभासद् रेशम चौधरीलाई आममाफी र प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएका थिए।
बैठकका बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाइ एक हप्ताभित्र सरकारले संसद्ले अर्को विधेयक नल्याएसम्म संसद् बैठक चल्न नदिने चेतावनी दिए। त्यस्तै, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि स्वार्थका लागि नागरिकता विधेयक प्रमाणीकरण गरेको आरोप लगाएका थिए।
प्रतिपक्षी दलहरूको अवरुद्ध पारेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १ घण्टाका लागि स्थगित गरेका थिए। त्यसक्रममा सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग अनौपचारिक छलफल गरेका थिए। यद्यपि, बैठक सञ्चालनको प्रयास विफल भएपछि सूचना टाँस गरेर सोमबारसम्मका लागि बैठक सारिएको हो। आइतबार आगामी वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल गर्ने कार्यसूची तय भएको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
