११० रनको विजयी लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका सीता रानामगरले सर्वाधिक ३४ रनको योगदान दिइन्।
काठमाडौँ– घरेलु टोली मलेसियाविरुद्धकाे महिला टी२० आई सिरिज नेपालले जितेको छ। ५ खेलको सिरिज नेपालले ३–२ ले जितेको हो।
आइतबार भएको अन्तिम खेलमा नेपालले मलेसियालाई ३ विकेटले पराजित गरेको छ। ११० रनको विजयी लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका सीता रानामगरले सर्वाधिक ३४ रनको योगदान दिइन्। उनले ३७ बलमा ६ चौका प्रहार गरेकी थिइन्। कप्तान रुविना क्षेत्रीले २३ रन बनाइन्।
अप्सरी बेगम १५ र ज्योति पाण्डे १४ रनमा नटआउट रहिन्। मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिइन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनाएको थियो।
मलेसियाका वान जुलियाले ४७ रन बनाइन्। यस्तै, विनिफ्रेड दुराईसिंघमले २४ तथा महिराह इज्जाती इस्माइलले २० रन बनाए।
नेपालका कविता जोशीले २ तथा ईश्वरी विष्टले १ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
