२०६३ जेठ २१ गते जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष सोही दिन जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाउने गरिन्छ।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलंक भएको बताएका छन्।
आइतबार जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले छुवाछुतलाई सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भनेका छन्।
“हाम्रो समाजबाट यस प्रथाको समूल अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहन आव्हान गर्दछु,” उनले भनेका छन्।
सरकारले २०६३ सालमा मुलुकलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको स्मरण गर्दै हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाउन थालिएको हो।
समाजमा विद्यमान विभेदकारी पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले गर्दा जातीय भेदभाव तथा छुवाछुत प्रथा अझै पनि अन्त्य हुन नसकेको राष्ट्रपति पौडेलको भनाइ छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
