‘ए’ डिभिजन लिगमा थ्री स्टारले एपीएफसँग बराबरी खेल्दा अर्को खेलमा आर्मीलाई सातदोबाटोले पराजित गरेको छ।
काठमाडौँ– वैकल्पिक खेलाडी सुनिलको गोलको सहयोगमा शनिबार थ्री स्टार क्लब विभागीय टोली एपीएफ क्लबसँग हारबाट जोगिएको छ। शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत २४औँ चरणको खेलमा थ्री स्टारले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दा एपीएफसँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्री स्टार र विभागीय टोली एपीएफ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्। पहिलो हाफमा पछि परेको थ्री स्टारका लागि सुनिल तामाङले दोस्रो हाफमा बराबरी गोल फर्काएका थिए। यसअघि एपीएफका मणिकुमार लामाले टोलीका लागि शुरूआती अग्रता निकालेका थिए।
खेलको २३औँ मिनेटमा मणिले गोल गर्दै एपीएफलाई शुरूआती अग्रता दिलाएका थिए। तर, खेलको ८६औँ मिनेटमा वैकल्पिक खेलाडी सुनिलले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाएका थिए। यस बराबरीसँगै थ्री स्टारले २४ खेलमा २८ अंक जोडेको छ। एपीएफले २४ खेलमा ३० अंक जोडेको छ।
यस्तै, अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब सातदोबाटो युथ क्लबसँग २–१ गोल अन्तरले स्तब्ध भएको छ। सातदोबाटोको जितमा शिव सुवेदी र दीपकराज सिंह ठकुरीले १–१ गोल गर्दा आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काउँदै अन्तर घटाएका थिए। खेलको दोस्रो मिनेटमा शिवले गोल गर्दै सातदोबाटोलाई शुरूआती अग्रता दिलाएका थिए।
शुरूआती गोलसँगै दबाबमा परेको आर्मीले २९औँ मिनेटमा बराबरी गोल फर्काएको थियो। नवयुगले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। नवयुगले प्रहार गरेको पेनाल्टी सातदोबाटोका गोलकिपर अविषेक बरालले रोकेका थिए। तर, रिबाउन्डमा नवयुगले नै गोल गरेका थिए। त्यसपछि खेलको ६३औँ मिनेटमा दीपकले पेनाल्टीमार्फत गोल गर्दै सातदोबाटोलाई २–१ को जित निश्चित गरेका हुन्। यससँगै सातदोबाटोको यो नवौँ जित निकाल्न सफल रह्यो। जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अंक जोडेको छ। आर्मीले २४ खेलमा ३० अंक जोडेको छ।
लिगमा आइतबार चार खेल हुने छन्। दिनको पहिलो खेल संकटा क्लब र खुमलटार युथ क्लबबीच एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा हुँदा दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा, तेस्रो खेल च्यासल मैदानमा मछिन्द्र र नेपाल पुलिसबीच हुनेछ। यस्तै अन्तिम खेल दशरथ रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच खेल हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
