प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको दाबी गरेका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चारदिने भारत भ्रमण सफल र परिणाममुखी रहेको दाबी गरेका छन्। भारतको चारदिने औपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीमाझ भ्रमण सफल भएको दाबी गरेका हुन्।
प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बनाउन पनि आफ्नो भारत भ्रमणले महत्त्वपूर्ण योगदान पुर्याएको बताए। “भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त रूपमा कुराकानी भई विश्वासको वातावरण सिर्जना भएको छ भने, थाँती रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको छ,” उनले भने।
नयाँ आमनिर्वाचनपश्चात् पहिलो विदेश भ्रमणका रूपमा भएको भारत भ्रमण विगतको भन्दा फरक पाएको प्रधानमन्त्री दाहालको भनाइ छ। “सारभूत रूपमा यो भ्रमण परिणाममुखी रहेको छ, र भविष्यका लागि स्पष्ट मार्गदर्शनसमेत गरेको छ,” उनले भने।
प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग ‘वान टु वान’ भेटवार्ता गरेका थिए।
त्यस्तै, भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका सम्झौता एवं समझदारीमा हस्ताक्षर भएको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
