शनिबार भएको खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको छ। योसँगै पाँच खेलको सिरिज २/२ को अवस्थामा पुगेको छ।
काठमाडौँ– मलेसियासँगको महिला टी२० आई सिरिजको चौथो खेलमा नेपाल पराजित भएको छ।
शनिबार भएको खेलमा घरेलु टोलीले नेपाललाई ४ विकेटले पराजित गरेको हो। योसँगै पाँच खेलको सिरिज २/२ को अवस्थामा पुगेको छ।
जितका लागि नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर भेट्टायो। मलेसियाका लागि विनिफ्रेड डुराइसिंगमले सर्वाधिक ३८ रन बनाइन्।
महिराह इज्जाती इस्माइलले १६ रन, मास एलिशाले १३ र नुर एरियाना नात्स्याले १२ रन बनाए।
नेपालका कविता कुँवर, रुबिना क्षेत्री, सीता रानामगर र कविता जोशीले १/१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो।
नेपालका लागि इन्दु बर्माले ३१ बलमा ३२ रन बनाइन्। विन्दु रावलले २६ बलमा एक चौकासहित २४ रन बनाइन्। कविता जोशी १२ रन बनाएर अविजित रहिन्।
मलेसियाकी विनीफ्रेड आनीले तीन विकेट लिइन्। महिराह इजाती इस्माली र एशया एलिसाका नाममा समान १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
