पिकेद्वारा फुटबलबाट सन्यास घोषणा

सामाजिक संजालमा भिडियो सन्देश पोस्ट गर्दै पिकेले बार्सिलोनाको शनिबार हुने खेल आफ्नो जीवनको अन्तिम हुने बताएका छन्।

काठमाडौँ- स्पेनिस डिफेन्डर जिरार्ड पिकेले फुटबलबाट सन्यासको घोषणा गरेका छन्। 

सामाजिक संजालमा भिडियो सन्देश पोस्ट गर्दै उनले बार्सिलोनाको शनिबार हुने खेल आफ्नो जीवनको अन्तिम हुने बताएका हुन्।  बार्सिलोनाले शनिबार राति ला लिगामा अल्मेरियासँग खेल्दैछ। 

३५ वर्षीय पिके लामो समयदेखि बार्सिलोनाको मुख्य डिफेन्डरको भूमिका छन्। सन् २००८ मा म्यान्चेस्टर युनाइटेडबाट बार्सिलोना गएका उनले क्लबका लागि तीन च्याम्पियन्स लिग उपाधि जितेका छन्। यस्तै आठ ला लिगा उपाधिसहित ३० ट्रफी जितेका छन्। 

पिकेले बार्सिलोनाका लागि ६०० भन्दा बढी र स्पेनका लागि १०२ खेल खेलका छन्। उनले स्पेनबाट २०१२ को युरोकप र २०१० को विश्वकप जितेका थिए।