जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेका अनुसार सबै अभियुक्तको बयान शुक्रबार सकिएको छ।
काठमाडौँ– काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान शुक्रबार सकिएको छ। उक्त प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको हो। बिहीबारसम्म १५ जना अभियुक्तको बयान सकिएको थियो। आइतबारदेखि सबै अभियुक्तको थुनछेक बहस शुरू हुनेछ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेका अनुसार सबै अभियुक्तको बयान शुक्रबार सकिएको छ। आइतबारदेखि थुनछेक बहस प्रारम्भ हुनेछ। उक्त प्रकरणमा प्रतिवादी बनाइएका १२ जना भने अझै फरार छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
