प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा भारतले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएलएस सञ्चालन गर्न अनुमति दिएको छ।
काठमाडौँ– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिउँदको समयमा पनि हवाई उडान र अवतरण सहज हुने भएको छ।
उक्त विमानस्थलमा जडान गरिएको इन्स्टुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालनका लागि भारतले अनुमति नदिँदा हिउँदको समयमा हुस्सु लागेर भिजिवलिटी नभएपछि उक्त विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित हुने गरेको थियो।
भारतीय सीमादेखि ५ किलोमिटरको दूरीमा रहेको उक्त विमानस्थलमा जडान गरिएको आइएलएसको फ्रिक्विन्सी भारतमा पुगेपछि भारतले सञ्चालनमा रोक लगाएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को चारदिने भारत भ्रमणका क्रममा भारतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा आएलएस सञ्चालन गर्न अनुमति दिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले आइएलएस सञ्चालन अनुमति दिएकोमा कृतज्ञता व्यक्त गरे।
नेपालले भैरहवासहित, महेन्द्रनगर, विराटनगरबाट भारतसँग माग गरेको ‘एयर रुट’ दिने विषयमा भने भ्रमणका दौरान कुनै सम्झौता भएन। नेपाल भित्रिने जहाज सिमराको आकाश भएर मात्र नेपाल प्रवेश गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
