‘ए’ डिभिजन क्लबहरूले लिग सकिएपछि मात्रै साफ च्याम्पियन्सिपका लागि खेलाडी फुकुवा गर्ने निर्णय गरेका छन्।
काठमाडौँ– ‘ए’ डिभिजन क्लबहरूले लिग सकिएपछि मात्रै आसन्न साफ च्याम्पियन्सिपका लागि खेलाडी फुकुवा गर्ने बताएका छन्। फ्रेन्ड्स क्लबको कार्यालयमा बिहीबार बसेको १० वटा क्लबको बैठकले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीलाई २७ जेठमा लिग सकिएपछि मात्र फुकुवा गर्ने निर्णय गरेका हुन्।
आगामी ६ असारदेखि भारतको बैंग्लोरमा साफ च्याम्पियनसिप आयोजना हुँदैछ। सो प्रतियोगिताका लागि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनिसले ३० खेलाडीलाई प्रारम्भिक टोलीमा बोलाएका छन्। तर, क्लबहरूले खेलाडी फुकुवा गर्न आनाकानी गर्दै आएका छन्। क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वसहमति कार्यान्यवन नगरेको समेत आरोप लगाएका छन्। त्यसैले विरोधस्वरूप बाँकी खेलमा खेलाडी र अफिसियलहरूलाई कालो पट्टी हातमा बाँधेर मैदान उतार्ने बैठकले निर्णय गरेको छ।
"पटक–पटक ताकेता गर्दा पनि तयारी खर्चको दोस्रो किस्ता, म्याच मनी र म्यान अफ द म्याचबापतको रकम उपलब्ध नगराइएका कारण क्लबका पदाधिकारी र खेलाडीले हातमा कालोपट्टी बाँधेर खेल निरन्तर गर्ने निर्णय भयो," १० क्लबले संयुक्त रूपमा हस्ताक्षर गरेको निर्णयमा भनिएको छ।
एन्फाले ‘ए’ डिभिजन क्लबलाई तयारी खर्चस्वरूप पहिलो किस्तामा १५ लाख लाख दिने भनेको थियो। उक्त रकम क्लबहरूले पाइसकेका छन्। तर, एन्फाले दोस्रो किस्ताबापतको १० र तेस्रो किस्ताको ७ लाख ५० हजार दिएको छैन।
यस्तै, एन्फाले हरेक खेलको विजेतालाई ‘म्याच मनी’बापत ५० हजार, खेल बराबरी भएका २५-२५ हजार र म्यान अफ दि म्याचलाई १० हजार दिने निर्णय गरेको थियो। तर, उक्त रकम नपाएको क्लबहरूले बताएका छन्।
बैठकमा आर्मी, एपीएफ र नेपाल पुलिस र जावलाखेल यूथ क्लबबाहेका १० वटा क्लबका प्रतिनिधि सहभागी थिए।
राष्ट्रिय टोलीको प्रशिक्षणका लागि बोलाएका खेलाडी :
गोलकिपर – किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर – विमल पाण्डे, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ , विक्रम लामा , रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन
मिडफिल्डर – पूजन उपरकोटी , एरिक विष्ट , नवीन लामा , मणीकुमार लामा , सुदीप गुरुङ , लाकेन लिम्बु , आवास लामिछाने , विशाल तामाङ
फरवार्ड – आयुष घलान, नवयुग श्रेष्ठ , दीपकराज सिंह ठकुरी , अन्जन विष्ट , मनीष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर , जिलेस्पी जंग कार्की , दीनेश हेन्जन
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
