कस्तो छ आजको मौसम?

देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

काठमाडौँ- सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

त्यस्तै, देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

राति भने देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

त्यसबाहेक देशका अधिकांश भूभागको मौसम सफा रहने विभागले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।