मृत्युको मुखमा पुगेका एक मलेसियन आरोहीलाई सगरमाथा शिखर नजिकबाट गेल्जे शेर्पाले उद्धार गरेका छन्। उक्त क्षेत्रबाट उद्धार गर्नु लगभग असम्भवजस्तै भएको पर्यटन विभागका अधिकारी बताउँछन्।
काठमाडौँ– एक जना मलेसियन आरोहीलाई सगरमाथा चुचुरोको केही तलबाट शेर्पा गाइडहरूले दुर्लभ उद्धार गरेका छन्। मृत्यु क्षेत्र भनिने उक्त ठाउँबाट उद्धार गर्नु असम्भवजस्तै भएको नेपाली अधिकारीहरूलाई उधृत गर्दै रोयटर्सले जनाएको छ।
गएको जेठ ४ गते चाइनिज आरोहीलाई लिएर ३० वर्षीय गेल्जे शेर्पा सगरमाथा चुचुरोको नजिक पुगेका थिए। त्यति नै बेला उनले ती मलेसियन आरोही डोरीमा झुन्डिरहेको देखे। तापक्रम माइनस ३० डिग्रीभन्दा कम हुने उक्त ठाउँमा ती आरोही अत्यधिक चिसोले काँपिरहेका थिए।
गेल्जेले उनलाई सगरमाथाको बाल्कोनी क्षेत्रबाट ६०० मिटर तल साउथ कोलसम्म बोकेर ल्याएका थिए। त्यहाँ ल्याइ पुर्याउन ६ घन्टा लागेको थियो। उनले आरोहीलाई चिसोबाट बचाउन म्याटमा बेरेपछि डोरीले बाँधेका थिए।
साउथ कोलमा गेल्जेका साथीहरू निमा टासी शेर्पा र अर्का एक गाइड पर्खिरहेका थिए। त्यहाँबाट उनीहरूले पनि गेल्जेलाई उद्धारमा साथ दिएका थिए। “हामीले ती आरोहीलाई सुत्ने म्याटमा बेरेर हिउँमा घिसार्दै र कतै पिठ्युँमा बोकेर तेस्रो शिविरमा झारेका थियौँ,” गेल्जेले भनेका छन्।
तेस्रो आधार शिविरबाट हेलिकप्टरले उनलाई आधार शिविरमा ल्याएको थियो। तेस्रो आधार शिविर सात हजार १६२ मिटरको उचाइमा छ।
“त्यो उचाइ (सगरमाथा चुचुरो नजिक)बाट आरोहीहरूको उद्धार गर्नु लगभग असम्भव नै हो,” पर्यटन विभागका अधिकारी विज्ञान कोइरालाले रोयटर्ससँग भनेका छन्, “यो धेरै दुर्लभ काम हो।
गेल्जेले आफ्ना चिनियाँ क्लाइन्टलाई छाडेर ती आरोहीलाई बचाएको बताएका छन्। “कसैको जीवन बचाउनु गुम्बामा प्राथना गर्नुभन्दा बढी महत्त्वपूर्ण हुन्छ,” बौद्ध धर्म मान्ने गेल्जेले भने, “पैसा त अरू बेला पनि कमाउन सकिन्छ।”
सेभेन समिट ट्रेकका टासी लाक्पा शेर्पाले व्यक्तिगत गोपनीयताका कारण ती आरोहीको नाम खुलाउन चाहेनन्। उनलाई गत हप्ता उडानमार्फत मलेसिया फर्काइएको टासीले जानकारी दिए।
नेपालले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४७८ जनालाई अनुमति दिएको छ। यो सिजन १२ जना आरोहीको मृत्यु भइसकेको छ। यो विगत आठ वर्षमा एकै सिजन मृत्यु हुने सबैभन्दा धेरै संख्या हो। अरू पाँच जना अझै हराइरहेका छन्।
A Malaysian climber narrowly survived after a Nepali sherpa guide hauled him down from below the summit of Mount Everest in a 'very rare' high-altitude rescue https://t.co/CLsYEDM3Vu pic.twitter.com/6BbK3SbkB7
— Reuters (@Reuters) May 31, 2023
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
