सेभिया सातपटक फाइनल पुग्दा सातपटक नै च्याम्पियन बन्न सफल भएको छ। रोमा दुईपटक फाइनल पुगे पनि उपाधि भने जित्न सकेको छैन।
काठमाडौँ– इटालीयन क्लब रोमालाई पराजित गर्दै स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ।
सेभियाले रोमालाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै उपाधि जितेको हो। बुधबार राति हंगेरीको बुडापेस्टमा भएको फाइनलमा निर्धारित र अतिरिक्त समय बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टीमा सेभियाका लुकास ओकम्पास, एरिक लामेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलले गोल गरे। रोमाका ब्राएन क्रिस्टान्टेले मात्र गोल गरे।
खेलमा शुरूआती लिएको रोमा त्यसलाई जोगाउन नसक्दा पराजित भयो। ३५औँ मिनेटमा पाउलो डिबलाले गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए।
तर, रोमाकै मान्सिनीले ५५औँ मिनेटमा आत्मघाती गोल गरेपछि निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकियो। र, सेभियाले पेनाल्टीमा बाजी मार्यो।
सेभिया सातौं पटक च्याम्पियन बनेको हो। सेभिया सातपटक फाइनल पुग्दा सातपटक नै च्याम्पियन बन्न सफल भएको छ।
रोमा दुईपटक फाइनल पुगे पनि उपाधि भने जित्न सकेन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
