भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताएका छन्। प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म हुँदैछ।
मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री साउदले भारत भ्रमणले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने दाबी गरे। व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकाश, आर्थिक सहयोगलगायत मुद्दालाई सरकारले अगाडि बढाउने प्रतिबद्धता जनाए।
“नेपाल र भारतबीचमा घनिष्ठ मैत्रीपूर्ण सम्बन्ध रही आएको छ। यो भ्रमणमा हामीले दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउने कोसिस गर्नेछौँ र दुई देशबीचको समझदारीलाई पनि अझ बढाउँदै लैजाने हाम्रो प्रयत्न रहनेछ,” उनले भने, “यसैगरी व्यापार, ट्रान्जिट,कनेक्टिभिटी, पूर्वाधार विकासजस्ता वित्तीय सहकार्यका मुद्दा प्राथमिकतामा छन्।”
जलविद्युत आयोजनामा भारतीय लगानी सुनिश्चित गर्ने, ट्रान्समिसन लाइन निर्माण, नेपाल–भारतबीच विद्युत् खरिद, र भारतीय बाटो हुँदै बंगलादेशमा विद्युत् निर्यात गर्ने विषयमा सम्झौता हुने मन्त्री साउदले बताए। “उच्चस्तरीय छलफलबाट सहमतिमा पुगेपछि त्यसको कार्यान्वयनलाई पनि हामीले सुनिश्चित गरेर लैजानुपर्छ।
जुन अजेन्डा हामी अगाडि बढाउँदै छौँ, त्यसको कार्यान्वयन हुनेछ,” उनले भने, “पञ्चेश्वरदेखि केही महत्त्वपूर्ण परियोजनाका सन्दर्भमा यसको निर्माणको प्रक्रियामा ढिलाइ भयो भन्ने कुरा छ। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआरलाई पनि अघि बढाउने हामी प्रयत्न गरिरहेका छौँ।”
मन्त्री साउदले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगका केही असमझदारीलाई हटाउने बारेमा पनि छलफल हुने बताएका छन्। भ्रमणमा परराष्ट्रमन्त्री साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिकमन्त्री प्रकाश ज्वाला, उद्योगमन्त्री रमेश रिजाललगायत जाने छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
