महोत्तरीका १५ स्थानीय तहमध्ये अधिकांश तहमा लम्पी स्किन रोग फैलिएको छ। जिल्लाभर यस रोगबाट २० गाईगोरु मरिसकेको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ।
जलेश्वर– महोत्तरीको बर्दिबास नगरपालिकाको एउटै वडामा १५० भन्दा बढी गाईगोरुमा ‘लम्पी स्किन’ देखा परेको छ।
बर्दिबास–१० खयरमारामा स्थानीयले पालेका गाईगोरुमा लम्पी स्किन देखिएको स्थानीय पशुपालक कृष्णबहादुर थापाले बताए। उनका अनुसार विगत १०–१५ दिनअघि रोग देखापरेको र हालसम्म १० पशु मरिसकेका छन्।
पशुको छालामा अचानक नयाँ खालको सङ्क्रमण देखिएको, जीउभरि गिर्खा आएको, घाउजस्तो भएर पिप बग्न थालेको, उच्च ज्वरोलगायत लक्षण देखिएको थापाको भनाइ छ। लम्पी स्किनले सबैभन्दा बढी दुधालु गाईलाई प्रभावित पार्ने गरेको छ। यो रोग लागेपछि दूध उत्पादनमा ५० प्रतिशत बढी ह्रास आउने नगरपालिकाको कृषि शाखाले जनाएको छ।
खयरमाराका पशुमा लम्पी स्किन देखिएको र यसको रोकथाम र उपचारका लागि पशु चिकित्सकसँग परामर्श भइरहेको नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए। महोत्तरीका १५ स्थानीय तहमध्ये अधिकांश तहमा लम्पी स्किन रोग फैलिएको जनाइएको छ।
जिल्लाभर यस रोगबाट २० गाईगोरु मरिसकेको पशुसेवा विज्ञ केन्द्रका सूचना अधिकारी सूर्यदेव यादवले बताए। लम्पी स्किन रोग अहिले जिल्लाभरि फैलिँदासमेत भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र महोत्तरीले चासो नदेखाएको पशुपालक किसानको गुनासो छ।
“नगरपालिकामा पशुका डाक्टर छैनन्,” पशुपालक थापाले भने, “भेटेरिनरी अस्पतालमा गएर समस्या राख्यौँ । तर, चासो दिइएन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
