सिटी काउन्सिलले अनुमति दिएपछि क्विन्स बोरो ७५ स्ट्रिटको ब्रोड वे र उडसाइड सडकलाई ‘तेन्जिङ नोर्गे शेर्पा’ नामकरण गरिएको छ।
वाशिङ्टन डिसी– अमेरिकाको न्युयोर्क राज्यस्थित क्विन्स बोरो ७५ स्ट्रिटको ब्रोड वे र उडसाइड सडकलाई ‘तेन्जिङ नोर्गे शेर्पा’ नामकरण गरिएको छ।
क्विन्सको सिटी काउन्सिलले अनुमति दिएपछि सगरमाथाका पहिलो आरोही शेर्पाका नामबाट उक्त सडकको नाम राखिएको यूएसए–नेपाल क्लाइम्बर्स एसोसिएसनका अध्यक्ष पासाङनिमा शेर्पाले बताए।
उक्त सडकको नामकरणका लागि विगत छ वर्षदेखि युनाइटेड शेर्पा किदुंग र एसोसिएसनले सिटीसँग पहल गर्दै आएका थिए। “सिटीले अनुमति दिएपछि सगरमाथा दिवसकै दिन पारेर उक्त सडकमा तेन्जिङ शेर्पाको नाम राखेका हौँ,” अध्यक्ष पासाङनिमा शेर्पाले भने, “सगरमाथा आरोहीकै नाममा न्युयोर्कजस्तो विशाल सिटीमा सडकको नामकरण हुनु गर्वको विषय हो।”
जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले नेपालीको नाममा सडकको नामकरण हुनु सुखद क्षण भएको टिप्पणी गरे। “सगरमाथाको देश भनेर हामी विश्वभरि चिनिन्छौँ,” उनले भने, “शेर्पाको नाममा सडकको नामकरण गर्न सहजीकरण गरिइदिनुभएकामा काउन्सिलका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।”
सोमबार आयोजित कार्यक्रममा तेन्जिङ शेर्पाका छोराहरू नोर्बु तेन्जिङ नोर्गे, दामे तेन्जिङ नोर्गेसमेत सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
