गणतन्त्र स्थापनापछि राजपरिवारका सदस्यको स्वामित्वमा रहेका रत्न मन्दिरसहित सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको स्वामित्वमा छन्। गणतन्त्र आएको १५ वर्षपछि मात्र रत्न मन्दिर सर्वसाधारणका लागि खुलेको हो।
पोखरा- राजसंस्था हटेको १५ वर्षपछि फेवाताल किनारमा अवस्थित रत्न मन्दिर सर्वसाधारका लागि खुला भएको छ।
एक समारोहकाबीच संस्कृति नागरिक उड्डयन तथा पर्यटन मन्त्री सुदन किरातीले सोमबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरेका हुन्। यसअघि पटकपटक रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिने बताइए पनि सर्वसाधारणले प्रवेश पाउन सकिरहेका थिएनन्।
मन्त्री किरातीले रत्न मन्दिर खुल्नु मात्रै ठूलो कुरा नभएको भन्दै यसको संरक्षणका लागि सबै जुट्नुपर्ने बताए। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १६ वर्षपछि पोखरामा तत्कालीन राजा तथा राजपरिवार आउँदा विश्राम गर्ने ठाउँ सर्वसाधारणका लागि खुला भएको हो।

पोखरास्थित रत्न मन्दिर तत्कालीन राजपरिवारको नाममा थियो। गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राजपरिवारका सदस्यको स्वामित्वमा रहेका सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको स्वामित्वमा छन्। १११ रोपनी क्षेत्रफलमा फेलिएको रत्न मन्दिर नेपाल ट्रस्टको स्वामित्वमा आइसकेको छ।
रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिए पनि दरबारको भित्री भागमा प्रवेश पाउन भने अझै केही समय लाग्ने बताइएको छ। अहिले रत्न मन्दिर परिसरभित्र मात्रै सर्वसाधारणले प्रवेश पाउने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
