विलुप्त विद्रोह जलवायु समूहका एक हजार ५७९ जनालाई डच प्रहरीले पक्राउ गरेको छ। तीमध्ये ४० जनालाई तोडफोडलगायत आरोपमा मुद्दा चलाइने बताइएको छ।
जलवायु परिवर्तनका कारण विश्वभर पर्ने नकारात्मक असरबारे चेतना फैलाउँदै आएको जलवायु अभियन्ताको विशाल समूह नेदरल्यान्ड्सको द हेगबाट पक्राउ परेको छ।
द हेगमा शनिबार भएको प्रदर्शनमा करिब एक हजार ६०० जलवायु अभियन्ता पक्राउ परेका छन्। विलुप्त विद्रोह जलवायु समूहका एक हजार ५७९ जनालाई पक्राउ गरिएको डच प्रहरीलाई उधृत गर्दै अल जजिराले जनाएको छ।
जीवाश्म इन्धन अनुदानविरुद्ध शहरको बीचमा यातायात अवरुद्ध गरेपछि प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरिएको थियो। तर, उनीहरू टसकोमस नभएपछि पक्राउ गरिएको थियो। पक्राउ परेकामध्ये ४० जनालाई तोडफोडलगायत आरोपमा मुद्दा चलाइने अधिकारीहरूले बताएका छन्।
धेरै डच सेलिब्रेटी प्रदर्शनीमा सामेल भएका र उनीहरू पक्राउ परेको पनि जनाइएको छ। तीमध्ये एक कैरिस भ्यान हौटेन हुन्, जो हिट टीभी सिरियल गेम अफ थ्रोन्सको मेलिसान्ड्रेको भूमिकाका लागि परिचित छिन्। ती सेलिब्रेटीमध्ये केहीलाई हिरासतमुक्त गरिएको छ। कारबाहीमा परेका सेलीब्रेटीबारे केही विवरण दिइएको छैन।
उक्त समूहको अगुवाइमा यसअघि पनि यस्ता विरोध प्रदर्शन हुने गरेका थिए। तर, यति धेरै सङ्ख्यामा अभियन्ताहरू पक्राउ परेका थिएनन्।
वातावरणीय अभियान समूहले हालैका वर्षहरूमा सडकमा अवरोध खडा गरेर मिडियाको ध्यान आकर्षित गर्ने गरेको छ। गत महिना लण्डनमा पनि यस्तै प्रदर्शन भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
