क्यानले जबर्जस्ती करणीको मुद्दा खेपिरहेका लेग स्पिनर सन्दीप लामिछानेलाई पनि समेटेर एक दिवसीय विश्वकप क्रिकेट छनोट खेल्न जिम्बावे जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय विश्वकप क्रिकेट छनोट खेल्न जिम्बावे जाने १६ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा जबर्जस्ती करणीको मुद्दा खेपिरहेका लेग स्पिनर सन्दीप लामिछानेलाई पनि समेटिएको छ। अदालतमा पेसीको दिन उपस्थित हुनुपर्ने वा २१ दिनभित्र हाजिर हुनुपर्ने बाध्यताका कारण लामिछाने जिम्बावे जान पाउने छन् वा छैनन् भन्ने स्पष्ट भइसकेको छैन।
त्यसैगरी, युवा विकेटकिपर ब्याटर अर्जुन साउद र बलर किशोर महतोले पुनरागमन गरेका छन्। गत नोभेम्बरमा कीर्तिपुरमा भएको आईसीसी विश्वकप लिग २ अन्तर्गत यूएईविरुद्धको खेलमार्फत् एक दिवसीय क्रिकेटमा डेब्यू गरेका अर्जुनले गत डिसेम्बरमा स्कट्ल्यान्डविरुद्ध अन्तिम खेल खेलका थिए। उनी एशिया कप छनोटका लागि भएको एसीसी प्रिमियर कपमा भने रिजर्भ खेलाडी थिए।
यता, गत वर्ष मेमा जिम्बावेविरुद्धको लिस्ट 'ए' खेलमा डेब्यू गरेका किशोर पनि राष्ट्रिय टोलीमा फर्किएका छन्। उनले अन्तिम खेल स्कट्ल्यान्डविरुद्ध गत जुलाईमा खेलेका थिए।
टोलीमा ओपनर कुशल भुर्तेल, विकेटकिपर तथा ओपनर आसिफ शेखसहित ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी र करण केसीलाई निरन्तरता दिइएको छ। भीम सार्की, प्रतीश जिसी र ललित राजवंशीदे पनि निरन्तरता पाएका छन्। यसअघि घोषणा गरिएको २२ सदस्यीय प्रारम्भिक टोलीबाट देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरा बाहिरिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले गत मंगलबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल रहेको समूह 'ए' मा वेस्ट इन्डिज, जिम्बावेसँगै नेदरल्यान्ड्स र अमेरिका छन्। छनोट प्रतियोगिता आगामी जुन र जुलाईमा जिम्बावेमा हुँदैछ। नेपालले जिम्बावेसँग पहिलो खेल असार ३ गते हरारेमा खेल्ने छ।
यस्तै, दोस्रो खेल यूएईसँग असार ५ गते ताकासिंगामा खेल्ने छ। त्यसपछि वेस्ट इन्डिजसँग हरारेमा असार ७ गते र नेदरल्यान्ड्ससँग असार ९ गते ताकासिंगामा अन्तिम खेल खेल्ने छ।
समूह 'बी'मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन्। लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली 'सुपर सिक्स'मा प्रवेश गर्नेछन्।
सुपर सिक्सका टोलीले एक अर्काविरुद्ध खेल्ने छन्। त्यसपछि शीर्ष दुई टोली छनोट प्रतियोगिताको फाइनलमा पुग्ने छन्। ती दुई टोली आउँदो वर्ष भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुने छन्।
नेपालले विश्वकप छनोट अगाडी दुई 'वामअर्प म्याच' खेल्ने छ। जेठ ३० गते यूएईसँग र ३२ गते ओमानसँग वामअर्प म्याच खेल्ने क्यानले जनाएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
