उज्वेकिस्तानविरुद्ध पहिलो सेट गुमाएको नेपालले त्यसपछि लगातार तीन सेट जित्दै काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ।
काठमाडौँ- आयोजक नेपालले काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको हो।
नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो। पहिलो सेटमा उज्वेकिस्तानले नेपाललाई २५-२० को स्कोरमा सहजै पराजित गरेको थियो। तर, त्यसपछि लगातार तीन सेट जित्दै नेपालले तेस्रो स्थान पक्का गर्यो।
त्यसपछिका सेटमा नेपालले २५–१६, २५–१५ र २५–१३ ले आफ्नो पक्षमा पार्यो। नेपाल र उज्वेकिस्तानले गत वर्ष बंगलादेशमा भएको दोस्रो सेन्ट्रल जोनको फाइनलमा पनि प्रतिस्पर्धा गरेका थिए। उक्त खेलमा नेपाल ३–२ को सेटमा विजयी भएको थियो।
काभाले यसअघि वरीयताका आधारमा १४ सदस्यीय राष्ट्रलाई वर्गीकरण गरी प्रतियोगिता आयोजना गर्दै आएको थियो। शीर्ष वरीयतामा रहेका काजकिस्तान र भारतीय टोलीसहित अफगानिस्तान, इरान, ताजकिस्तान, तुर्कमिनिस्तान र पाकिस्तान ‘रसियन ब्लक’मा रहेर खेल्दै आएका थिए। नेपालको प्रतिस्पर्धी तल्लो वरीयताका माल्दिभ्स, भुटान, बंगलादेश, उज्वेकिस्तान, किर्गिस्तान र श्रीलंका ‘इरान ब्लक’मा थिए।
नेपालले तल्लो वरीयताका प्रतियोगितामा दुईपटक उपाधि जितिसकेको छ। सन् २०१९ मा बंगलादेशमा आयोजना भएको सेन्ट्रल जोन भलिबल प्रतियोगितामा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले पहिलोपटक उपाधि जितेको थियो। त्यो नै नेपाली भलिबलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो। त्यसको दुई वर्षपछि बंगलादेशमै उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै पुनः नेपालले उपाधि रक्षा गर्यो।
नेपालले यसपटक तल्लो वरीयताको बंगलादेश र किर्गिस्तानलाई समूह चरणमै पराजित गर्यो। तर, समूह चरणको अन्तिम खेलमा भने भारतसँग पराजित भएपछि नेपालले अर्को समूहको विजेता काजकिस्तान प्रतिद्वन्द्वी पाएको थियो।
फाइनल प्रवेशका लागि भएको भिडन्तमा माथिल्लो वरीयतामा रहेको काजकिस्तानले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो। उसले उपाधिको लागि भारतसँग आइतबार नै खेल्ने छ। अघिल्लो संस्करणको सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपविजेता उज्वेकिस्तान भने भारतसँग पराजित हुँदै फाइनल पुग्नबाट बञ्चित भएको थियो।
उज्वेकिस्तानले पनि आफ्नै वरीयताका श्रीलंका र माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। तर, फाइनल प्रवेशका लागि भएको भिडन्तमा उज्वेकिस्तान भारतसँग ३–० को सोझो सेटमा पराजित भयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
