भ्रष्टाचार र विकृतिविरुद्ध जनतामा एउटा नयाँ आन्दोलन र संस्कारको शुरूआत हुन थालेको प्रधानमन्त्री दाहालको भनाइ छ।
काठमाडौँ– प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासनको यात्रा आरम्भ भएको दाबी गरेका छन्।
काठमाडौँको शङ्खरापुरमा शनिबार प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा तथा २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले बेथिति र विकृतिका विरुद्ध लडाइँ शुरू गरेको बताए।
“भ्रष्टाचार र विकृतिविरुद्ध जनतामा एउटा नयाँ आन्दोलन र संस्कारको शुरूआत हुन थालेको महसुस हुँदैछ। यो युद्धमा मैले पनि हाम फालेको छु,” उनले भने, “अपमानित र घेराबन्दी गर्ने काम भइरहे पनि त्यसलाई छिचोल्दै यो भूमिकामा आइएको छ। हामीसित चुनौती र अवसर दुवै छन्।”
थुप्रै अप्ठ्यारा एवम् जटिलताबाट देश निर्माण हुने उनको भनाइ छ। विचार, वर्ग, राष्ट्र निर्माणका निम्ति संकल्प लिएर अगाडि बढेकाले अब ठूलाठूला एक्सन हुने र त्यसको तरंग पनि ठूलै जाने प्रधानमन्त्री दाहालको भनाइ छ। उनले शङ्खरापुरको विकास गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
प्रधानमन्त्री दाहालले स्व कृष्ण सेन ‘इच्छुक’ बहुआयामिक व्यक्तित्वको धनी र निष्ठावान् तथा क्रान्तिकारी विचारको पक्षमा रहने साहित्यिक स्रष्टा भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
