नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले कांग्रेसलाई स्वस्थ आलोचना चाहिने बताएका छन्।
काठमाडौँ– कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन्।
नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा सभापति देउवाले कांग्रेसलाई स्वस्थ आलोचना चाहिने धारणा राखे।
लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भएकाले त्यो कुरालाई सबैले बुझेर अघि बढ्नुपर्ने देउवाको भनाइ थियो। “कांग्रेसले आलोचनाबाट डराउनुपर्ने कुरा छैन। उचित आलोचनाहरू हुन्छन्। समस्या भए समाधान गर्न पनि सहज हुन्छ, आलोचनाले,” उनले भने, “अहिले बडा चुनौती आएको छ, देशमा। लामो लडाइँपछि आएको प्रजातन्त्र हो। यसको खिलाफमा पनि एकथरी लागेका छन्। प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो। अरू कुनै हुन सक्दैन। यो कुरा सबैले बुझ्नुपर्छ।”
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवी पत्रकारको पेसागत सुरक्षाका लागि अभियाननै सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
ठूलो लगानीका सञ्चार गृहलेसमेत श्रमजीवी पत्रकारलाई अन्य विकल्प खोज्न दबाब दिएको उल्लेख गर्दै त्यसका विरुद्ध डटेर मुकाबिला गर्नुपर्ने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
