सांसद राजन दाहालले बोलेको कुरा रेकर्डबाट हटाउने र प्रधानमन्त्री दाहालले यस विषयमा प्रतिनिधिसभामा बोल्ने शीर्ष तीन दलबीच सहमति बनेपछि शनिबार एमालेले सदनमा अवरोध नगर्ने भएको छ।
काठमाडौँ- तीन दलका शीर्ष नेताको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पशुपतिनाथमा जलहरी हाल्दा भएको भनिएको विषयमा प्रतिनिधिसभामा स्पष्ट पार्ने र सांसद राजन दाहालले बोलेको कुरा रेकर्डबाट हटाउने सहमति भएको छ। सहमतिपछि शनिबार ४ बजे बस्ने बैठक एमालेले अवरोध नगर्ने भएको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा सहमति बनेपछि प्रतिनिधिसभा बैठक अवरोध नहुने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए। प्रतिनिधिसभामा सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले जलहरीबारे उठेका प्रश्नबारे जवाफ दिनेछन्।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका थिए। त्यसैगरी, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस उपसभापति पूर्णहादुर खड्का, प्रमुख सचेतक रमेश लेखक एमाले प्रमुख सचेतक पदम गिरीलगायत नेता सहभागी थिए।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा जलहारी राख्ने क्रममा भ्रष्टाचार भएको र तत्कालीन प्रधानमन्त्री केपी ओलीले यसको जिम्मा लिनुपर्ने बताएपछि एमाले सांसदहरूले बैठक अवरुद्ध गरेका थिए। सत्तारुढ दलका सांसदले माफी नमागेसम्म र जलहारीको विषयमा सरकारले प्रष्ट नपारेसम्म सदन चल्न नदिने एमालेले जनाएको थियो।
शुक्रबार बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेले शनिबार ४ बजेका लागि बैठक बोलाएका छन्। आजको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
