अदालतमा दायर गरिएको अभियोगपत्रमा प्रतिवादी सन्देश शर्माले 'बाँकी रकम केशव तुलाधर र लक्ष्मी महर्जनको खातामा पठाइदिनू' भनेर गजेन्द्र बुढाथोकीलाई खाता नम्बर पठाएको उल्लेख छ।
काठमाडौँ- प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई पक्राउ गरेको छ।
शुक्रबार दिउँसो उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। “पक्राउ गरेर हामीले आजै (शुक्रबार) अदालतमा उपस्थित गराएका थियौँ। अदालतले हिरासतमा राख्ने अनुमति दिइसकेको छ,” एसएसपी कार्कीले भने, “उनीसँग थप सोधपुक्ष गर्ने काम हुन्छ।”
प्रहरीका अनुसार उनलाई काठमाडौँबाट नै पक्राउ गरिएको हो। योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदनपछि बुधबार ३० जनाविरूद्ध विभिन्न चार कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। १६ जना पक्राउ परेको र बाँकी १४ जनाको हकमा फरार प्रतिवादी कायम गरेर मुद्दा दायर भएको थियो। लक्ष्मी महर्जनको खातामा ठगी भएको रकम जम्मा गरेको भेटिएपछि उनलाई प्रतिवादी बनाइएको थियो।
अदालतमा दायर गरिएको अभियोगपत्रमा प्रतिवादी सन्देश शर्माले 'बाँकी रकम केशव तुलाधर र लक्ष्मी महर्जनको खातामा पठाइदिनू' भनेर गजेन्द्र बुढाथोकीलाई खाता नम्बर पठाएको उल्लेख छ। प्रतिवादी लक्ष्मी महर्जनले हिमालयन बैंकको आईपीएस कनेक्ट गरी हरिभक्त महर्जनको लुम्बिनी विकास बैंकको खातामा ९ लाख ९९ हजार पठाएको देखिएको पनि उल्लेख छ।
सो रकम पठाएको प्रमाणबाट पुष्टि भएपछि उनलाई पनि अभियुक्त बनाइएको हो। महर्जनविरूद्धपनि चारवटै कसूरमा सजाय हुनुपर्ने माग दाबी लिइएको छ।
यसैबीच पक्राउ परेका अभियुक्तहरूको शुक्रबारबाट नै बयान लिने क्रम सुरू भएको छ। पहिलो दिन यस प्रकरणमा मुख्य योजनाकार भनिएका केशव दुलाल र सागर राईको बयान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
