निमाले संसारको सर्वोच्च हिमाल सगरमाथासहित ल्होत्से र मकालु हिमाल आरोहण गरेका छन्।
काठमाडौँ- संखुवासभास्थित मकालु–४ का निमा शेर्पा (२७) ले एकै हप्तामा ८ हजारमाथिका तीन हिमाल आरोहण गरेका छन्।
पछिल्लोपटक उनले मे २३ मा संसारकै पाचौँ अग्लो मकालु (८४६१ मिटर) हिमाल आरोहण गरेका थिए। त्यसअघि मे १८ मा संसारकै चौथो अग्लो ल्होत्से हिमाल (८५१६मिटर) र मे १७ मा सगरमाथा आरोहण गरेका थिए।
उनी सगरमाथा र ल्होत्सेमा एउटै आरोहण दलसँग गएका थिए। मकालुमा भने बेग्दै आरोहण दल थियो।
एकपछि अर्काे हिमाल लगातार चढेका उनले उकालोसित भने,“यो त मौका हो, मैले मौका पाएँ चढेँ। मुख्य कुरा पैसा नै हो। सबैले यस्तो मौका पाउँदैनन्। कोही आरोहीले फेरि चढौँ भनेको भए म तयार थिएँ।”
सतोरी एक्सपिडिसनका क्लाइम्बिङ गाइड निमाकाे सगरमाथा आरोहण सातौँपटक हो। उनी निकै छिटो हिँड्ने पर्वतारोही गाइडमा गनिन्छन्। सतोरीका एक्सिपिडिसन लिडर मिग्मा तेम्बा शेर्पाका अनुसार क्याम्प २ बाट भारी बोकेर क्याम्प ४ जाँदा, अरूले लगाएको त्यति नै समयमा उनले दुईपटक ओसारिसकेका हुन्थे। बिनाअक्सिजन क्याम्प ४ मा उनी एक्लै जानसक्छन्।
१६ वर्षदेखि हिमाल आरोहण पेशामा आबद्ध निमालाई उनका बाबुआमाले लामा पढ्का लागि राखिदिएका थिए। तर उनी भागेर पर्वतारोहण क्षेत्रमा लागेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
