३ खेलबाट ६ अंक जोड्दै पुलिस अंक तालिकाको शीर्षस्थानमा छ।
काठमाडौँ– कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा विभागीय नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा लुम्बिनीलाई ६ विकेटले हराउँदै पुलिसले अपराजित यात्रा कायम राखेको हो। लुम्बिनीले दिएको १ सय ८९ रनको लक्ष्य पुलिसले ३७ ओभर १ बलमा ४ विकेट गुमाएर पुरा गर्यो।
पुलिसको जितमा दीपेन्द्रले अविजित रहँदै सर्वाधिक ४३ रन बनाए। उनले ६६ बलमा ५ चौका प्रहार गरे। सुनिल धमलाले २६ बलमा ४ चौका र २ छक्कासहित ३६ रन जोडे। आरिफ शेखले ३५, कुशल भुर्तेलले ३२ र अमित श्रेष्ठले २८ रन बनाए।
लुम्बिनीका अनिल खरेलले २ विकेट लिए। दुर्गेश गुप्ता र मुहमद हुसेनका नाममा १/१ विकेट रह्यो। त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ ओभर २ बलमा अलआउट हुँदै १ सय ८८ रन बनाएको थियो।
लुम्बिनीका कप्तान देव खनालले ७४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि हार टार्न सकेनन्। उनले ८८ बलमा ७ चौका र २ छक्का प्रहार गरे। विशाल बिक्रम केसीले ३० रन जोड्दा प्रज्वल थापाले २३ रन बनाए। दुर्गेश थापा र मोहमद हुसेन समान ११/११ रनमा समेटिए।
पुलिसका दीपेन्द्रले ४ विकेट लिए। सागर ढकाल र करण केसीले २/२ विकेट लिए। पुलिस ३ खेलबाट ६ अंक जोड्दै पुलिस अंक तालिकाको शीर्षस्थानमा छ। लुम्बिनी २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।
मधेशको विजयी शुरूआत
बिहीबारनै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशले प्रदेश १ लाई ७२ रनले हराएको छ। मधेशले दिएको २ सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ले ४३ ओभर १ बलमा १ सय ४२ रन मात्र बनाउन सक्यो।
प्रदेश १ का लागि लुभ कामतले सर्वाधिक २९ रन बनाए । उनले ९४ बलमा २ चौका प्रहार गरेका थिए। विवेक आनन्द मेहेताले ४७ बलमा २ चौका र १ छक्कासहित २५ र फिर्दोश अन्सारीले २२ रन जोडे । मधेशका आदील आलम, रुपेश सिंह, प्रदिप पासवान र विशाल सुलिङले २/२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ४८ ओभर १ बलमा अलआउट हुँदै २ सय १४ रन बनाएको थियो। मधेशका लागि अनिल साहले ६१ रनको अर्धशतकीय इनिङ्स खेले। विवेक यादवले ५४ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोड्दा रुपेश सिंहले ३० रन बनाए।
रोहन बिकले २८ रन जोडे । कप्तान हरिशंकर साहले १५ रन बनाए। प्रदेश १ का फिर्दोश अन्सारीले ५ विकेट लिए । सिद्धान्त लोहनीले ३ विकेट लिँदा श्रवन यादव र सोनु मण्डलले १/१ विकेट लिए।
जितसँगै मधेशले १ खेलमा २ अंक जोडेको छ। प्रदेश १ को ३ खेलबाट २ अंक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
