बुधबार सरकारी वकिल कार्यालय काठमाडौँले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। आरोपितहरूको बयान आजदेखि शुरू हुँदै छ।
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ।
बयान र थुनछेक प्रयोजनका लागि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पेशी तोकिएको छ। गोला प्रक्रियाबाट भएको पेशीमा न्यायाधीश न्यौपानेको इजलासमा मुद्दा परेको हो।
नेपाली नागरिकहरूलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल गरी ठगी गरेको कसुरमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
सोही प्रकरणमा १६ जना पक्राउ परेका छन्। आरोपितहरूको बयान आजदेखि शुरू हुँदै छ। बुधबार सरकारी वकिल कार्यालय काठमाडौँले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
पक्राउ परेका १६ जना र फरार रहेका १४ गरी कुल ३० जनाविरुद्ध चारवटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। उनीहरू विरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराध कसुरमा मुद्दा चलाइएको छ।
यो प्रकरणमा बयान र थुनछेकका लागि दुई साता भन्दा बढी समय लाग्ने छ। ३० जना प्रतिवादी रहेको र उनीहरू विरुद्ध छुट्टाछुट्टै चार वटा मुद्दा भएकाले थुनछेक बहस लामो हुने देखिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
