शेर्पाले गत जेठ ९ गते बिहान ९:२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै २८औँ पटक सगरमाथाको सफल आरोहणको कीर्तिमान बनाएका थिए। जेठमा उनी एक हप्ताको अवधिमा नै दुईपटक सगरमाथा चुचुरोमा पुगेर फर्किएका हुन्।
काठमाडौँ- सगरमाथाको २८औँ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेर फर्किएका कामिरिता शेर्पालाई काठमाडौँमा स्वागत गरिएको छ।
लुक्लाबाट अपराह्न काठमाडौँ आइपुगेका कीर्तिमान आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन परिसरमा स्वागत गरिएको हो। उनलाई पर्वतारोही, पर्यटन व्यवसायीलगायतले स्वागत गरेका थिए।
उनले आरोहणबाट आफू खुसी र उत्साहित रहेको भन्दै यसले देशको साहसिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। सगरमाथामा कायम भएको विश्व कीर्तिमानले नेपालको पर्वतारोहण र साहसी पर्वतारोहीको हौसला प्रदान गर्नुका साथै विश्वभर सकारात्मक सन्देश गएको उनले बताए।
शेर्पाले यही जेठ ९ गते बिहान ९:२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै २८औँ पटक सगरमाथाको सफल आरोहणको कीर्तिमान बनाएका थिए। यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रोपटकको आरोहण हो। यसअघि जारी सिजनमा जेठ ३ गते उनले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए।
कामिरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए। खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरैपटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
