म्याग्दीमा यसवर्ष १२ हजार किलो मह उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। गतवर्ष १७ हजार ६०० किलो उत्पादन भएको थियो।
गलेश्वर– म्याग्दीका बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुधिलोलगायत वनस्पति नासिँदै गएपछि पुष्परसको अभावका कारण मह उत्पादन घटेको छ।
आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा मह उत्पादन घटेको हो। यसवर्ष जिल्लाभर १२ हजार किलो मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। दुई हजार ५०० वटा आधुनिक घारबाट सो परिमाणको मह उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले जानकारी दिए।
गतवर्ष १७ हजार ६०० किलो मह उत्पादन भएको थियो। जलवायु परिवर्तन र रोगकीराको प्रकोपका कारण मह उत्पादन घटेको ज्यामरुककोटका किसान बलबहादुर घिमिरेले बताए। यसले मौरीपालन व्यवसायमा आबद्ध किसान चिन्तित बनेका छन्।
मौरीले एक पटकको विचरणमा एकै जातका बालीका फूलमा मात्रै विचरण गरी परागसेचन गर्ने मौरी विशेषज्ञ बताउँछन्। जुन क्रियाले पृथ्वीको आधारभूत पारिस्थितिक प्रणाली कायम रहेको उनीहरूको भनाइ छ। रोग र कीराको प्रकोपले गर्दा मौरीको घारमा मह, कुट, अण्डा, लार्भा र छाउरा नष्ट हुने गरेको छ। एक वर्षमा सिजनअनुसार तीन पटकसम्म मह काढ्ने गरिन्छ।
म्याग्दीको बेनी नगरपालिका–५, डडुवामा मात्रै ७५ प्रतिशत मौरीमा कीराको प्रकोप देखिएपछि रोकथामका लागि उपचार गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलले जानकारी दिए। म्याग्दीमा सेरेना प्रजातिको मौरीलाई व्यावसायिक रूपमा पाल्ने गरिएको छ।
अहिले जिल्लाभर ३०० भन्दा बढी किसान मौरीपालन व्यवसायमा संलग्न छन्। बेनी नगरपालिकाको सुर्केमेला, सिंगा, डम्बरा, डडुवा, मंगला गाउँपालिकाको पूर्णगाउँ, कुहुँ, भर्जुला, रघुगंगाको राखुक्षेत्र, अन्नपूर्णको शिख, मालिकाको दरबाङ, दिच्याम, धवलागिरिको ताकम, हिलापोखरीलगायत क्षेत्रमा मह उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
