नक्कली भुटानी शरणार्थी प्रकरणका १४ फरार प्रतिवादीहरूविरुद्ध अदालतबाटै पक्राउ पुर्जी जारी भएपछि अनुसन्धान गरेर थप पुरक निवेदनहरू अदालतमा दर्ता गरिनेछ।
काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका १४ फरार प्रतिवादीहरूविरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतलाई अनुरोध गरेको छ।
कार्यालयले अदालतमा दर्ता गरेको अभियोगपत्रमा फरार रहेका भनिएका प्रतीक थापा, निरज राईविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको छ। केशव तुलाधर, लक्ष्मी महर्जन, धिरेन राई, मोहनराज राई, दिपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, निरज राई, आशिष बुढाथोकीविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्न सरकारी वकिलको कार्यालयले अदालतसमक्ष माग गरेको हो।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम उनीहरूविरुद्ध अदालतबाटै पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए।
फरार प्रतिवादी पक्राउ परेपछि थप पुरक निवेदनहरू अदालतमा दर्ता गर्न मिल्ने नेउपानेको भनाइ छ। उनका अनुसार थप प्रतिवादी पक्राउ परेपछि प्रहरीले उनीहरूमाथि अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा दर्ता गराउँछ। त्यसपछि कार्यालयले उक्त प्रतिवेदन अध्ययन गरी सजाय मागदाबी सहित पुरक निवेदनका रूपमा अदालतमा मुद्दा दर्ता गर्न पाउने उनी बताउँछन्।
जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीका अनुसार प्रमाण भेटिने बित्तिकै थप प्रतिवादीहरूलाई पक्राउ गरेर मुद्दा चलाउन सकिने छ। "संगठित अपराध ऐन २०७० को दफा २२ मा जुनसुकै अवस्थामा पनि अभियोग पत्र, थप अभियोग पत्र लान सक्ने र त्यो अनुसन्धानलाई अगाडि बढाउन सक्ने उल्लेख छ। त्यस्तै, यो मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ ले पनि थप अभियोगपत्र लान सकिने व्यवस्था गरेको छ," उनले भने, "प्रमाणले पुष्टि हुन नसकेका प्रतिवादीको हकमा यो अनुसन्धानलाई निरन्तर जारी राख्ने र जुन बखत प्रमाणले कसुर गरेको भन्ने पुष्टि गर्छ त्यो बखत पक्राउ गरेर मुद्दा चलाउन सकिने भनेर अनुसन्धानलाई खुल्ला गरिएको छ। प्रहरीलाई त्यही बमोजिमको निर्देशन दिने भनेर निर्णय भएको अवस्था छ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
